स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गरिने

स्याङ्जा । जेठ ४, स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गरिने भएको छ ।
कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण बढ्दै जादा अक्सिजनको अभावमा देशै भर धेरै बिरामीले ज्यान गुमाउन बाध्यभएको घटना बिभिन्न संञ्चार माध्यममा सार्वजनीक भए संगै स्याङ्जामा अक्सिज पलान्ट निर्माण गरिने भएको बताईएको छ ।
त्यस्तै गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहनप्रसाद रेग्मीले जिल्लामा अक्सिजन पलान्ट आवश्यक रहेको बताउदै सबै सरोकारवाला निकायहरु मिलेर स्थापना गर्नुपर्ने बताउनुभयो ।
स्याङ्जामा अक्सिजन पलान्ट निर्माण हुने समितिमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार बगाले, भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनाल र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेखी सदस्य रहनेगरी समिति गठन गरिएको हो ।
छलफलमा अक्सिजन पलान्ट निर्माणको लागि तीन सदसिय समिति समेत गठन गरिएको छ । गण्डकी प्रदेशमा हाल दैनिकरुपमा बिरामीको उपचारका लागि अक्सिजनको मागमा सन्तुलन रहेको देखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अक्सिजन सम्बन्धी जिल्लागत विवरणहरु उल्लेख भएको विज्ञप्ति अनुसार प्रदेशका ११ वटै जिल्लामा अक्सिजनको अभाव नभएको देखिएको हो । हाल प्रदेशभर ५ हजार ६३२ सिलिन्डर रहेको जनाउँदै प्रदेशमा दैनिक अक्सिजनको आवश्यकता ८ सय ४६ सिलिण्डर रहेको र खपत पनि बराबर भएको जनाएको छ ।