लमजुङ केन्द्रविन्दु भएर थप दुई भूकम्प

काठमाडौँ । जेठ ५, लमजुङको भुलभुलेमा थप दुई भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ र ८ बजेर १६ मिनेटमा ४ म्याग्नेच्युटको भूकम्प गएको हो ।
त्यसअघि बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । बिहान ५ : ४२ र ८ : २६ बजेको भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो ।
लमजुङको भुलभुलेमा केन्द्र भएर तीन पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पहिलो भूकम्पले घर भत्किदा चार जना घाइते भएका छन् । भूकम्पले एक दर्जन घरहरू भत्किएको प्रहरीले जनाएको छ ।