थप सात जनाको कोरोनाका कारण मृत्यु

सहयात्रा टिभी

रुपन्देही । जेठ ५, गए रातिदेखि बिहान ६ बजेसम्ममा कोरोना सङ्क्रमणबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको छ ।

गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध छन् ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

त्यसैगरी ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भीम अस्पतालका प्रवक्ता नारायण पोखरेलले बताए ।

प्रकाशित : 19 May, 2021

प्रतिक्रिया दिनुहोस्