आजको मौसम जानकारी

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, मौसम पूर्वानुमान महाशाखाले आजको देशभरको मौसम पूर्वानुमान जारी गरेको छ ।

आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । न्यूनचापीय प्रणालीको असरका कारण हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको छ ।

त्यसैगरी, आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति भने प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्