निषेधाज्ञालाई थप सात दिन लम्बाइयो

सहयात्रा टिभी

बाँके । जेठ १०, बाँकेमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई सात दिन निरन्तरता दिने निर्णय गरेको छ । उनले जेठ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाए ।

बाँकेमा पाँचौँपटक निषेधाज्ञा बढाइएको छ । जिल्लामा वैशाख १३ गतेदेखि निषेधाज्ञा कायम छ । नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो।

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्