बंगालको खाडीमा शक्तिशाली चक्रवात आउदै, नेपालमा पनि असर पर्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज सोमबार चक्रवातमा रुपानान्तरण भई मंगलबार सम्ममा शक्तिशाली चक्रवात आउने जल तथा मौसम विभागले बताएको छ । सो चक्रवातको कारण नेपालको भू–भागमा समेत असर पर्ने सम्भावना रहेको छ ।

नेपालको उच्च हिमाली भू–भागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

सो प्रणालीका कारण मंगलबार अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षा को सम्भावना रहेको छ।

देशका धेरै स्थानहरुमा बुधबारबाट केहि दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ।  साथै, प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहीबार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको एक दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै मेघगर्जन, चट्याङ र हावाहुरीसहित असिना पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

 

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्