हेटौंडा अस्पतालमा २ जनाको कोरोनाबाट मृत्यु

सहयात्रा टिभी

हेटौंडा । जेठ १०, हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।

फाइल तस्वीर

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ की ६१ वर्षकी एक महिलाको आइतबार दिउसो १ बजे र थाहा नगरपालिका वडा नम्बर–३ का ७५ वर्षका एक पुरुषको आज विहान करिव १० बजेको समयमा मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालको कोभिड इन्चार्ज डा. सागर काफ्ले बताए । हाल सम्म हेटौंडा अस्पतालमा उपचारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्