आजको मौसम जानकारीः हिमपात र वर्षाको सम्भावना

काठमाडौं । जेठ ११, राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।
बाँकी प्रदेशमा आंशिक बदली रहेको छ भने आज दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ।
प्रदेश १, प्रदेश २, गण्डकी र बाग्मती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।
राती पनि प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ।
प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।