सुनको मूल्यमा सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

प्रकाशित : 25 May, 2021

प्रतिक्रिया दिनुहोस्