डब्ल्युएचओका अनुसार कोरोनाबाट कम्तिमा १ लाख १५ हजार स्वास्थकर्मीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ ११, कोरोनाका कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मी तथा केयर वकर्सले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेडरोस अद्हानोम ग्रिबियससले जनाएका छन् ।

विश्वभरका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्दै ग्रिबियससले भने, ‘धेरै संक्रमित भएका छन् । हाम्रो अनुमानमा कम्तिमा १ लाख १५ हजार स्वास्थ्यकर्मी र केयर वकर्सहरुले अन्यको सेवा गर्ने क्रममा आफ्नो ज्यानको मूल्य चुकाएका छन् । अहिलेसम्म खोपको प्रभावकारितालाई अति अवमूल्यन गर्ने कुनै पनि भेरिएन्टको उदय भएको छैन । तर, यस्तै अवस्था रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन। हामी धेरै स्पष्ट हुन जरुरी छ । महामारी समाप्त भएको छैन । हरेक देशमा फैलावट नियन्त्रण नभएसम्म यो सकिने वाला छैन ।’

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर ३४ लाखभन्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै, १६ करोड ७० लाखभन्दा धेरै मानिस भाइरसको सम्पर्कमा आइसकेका छन् ।

प्रकाशित : 25 May, 2021

प्रतिक्रिया दिनुहोस्