बिहानै खालीपेटमा पानी पिउनूको यस्ता छन् फाइदाहरु
काठमाडौं । जेठ १३, हरेक प्राणीहरूको जीवन पानीले नै धानेको हुन्छ। सम्पूर्ण प्राणीहरूको जीवन प्रक्रियाहरूमा पानीले महत्त्वपूर्ण भुमिका खेल्नेगर्दछ। खानेकुराको पाचन प्रक्रियामा पनि पानीको प्रचुरमात्रा उपयोग हुन्छ।
मानव शरीरको बोसो बाहेकको पिण्ड मध्ये लगभग ७२% पानीले ओगटेको हुन्छ। शरीरले दैनिक कार्यहरू सहजरूपमा गर्न १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ। जलवियोजनबाट बच्न दैनिक क्रियाकलाप, आद्रता, तापक्रम अनुसार फरक मात्रामा पानीको सेवनगर्नु जरुरि हुन्छ। हाम्रो शरीरमा भएको पानी पिशाब, पशिना, दिशा र सास फेर्दा बाफको रूपमा बाहिरजाने गर्दछ।
बिहान खालीपेटमा पानी पिउनुका फाइदाहरु :
अनुहारमा चमकता : बिहानै पानी पिउँदा तपाइको अनुहारमा चमकता आउँछ । अनुहारमा रहेको डन्डीफोर हराउने र अनुहार सफा हुँदै जान्छ । अनुहारमा ताजापन आउनु भनेको पेट स्वस्थ्य रहनु पनि हो ।
भोक लाग्नुः यदि तपाईले बिहान उठ्नासाथ एक गिलास पानी पिउनु भयो भने तपाइको पेट सफा हुन्छ । यसले तपाइलाई भोक जगाउँछ ।
पेट सफा रहन्छ : तपाइ दिनहुँ बिहान उठेर पानी पिउने बानी बसाल्नु भयो भने तपाइको पेट सफा बन्दै जान्छ र कब्जियतको समस्या पनि हुँदैन ।
शरिरको दुर्गन्ध बाहिर निस्कन्छ : जव तपाइ बिहानै उठेर पानी पिउनुहन्छ, तपाइको शरिरमा रहेको फोहर बाहिर निस्कन्छ । पानीले शरिरमा रहेको हरेक फोहर बाहिर निकाल्न मदत गर्दछ । तपाइले धेरै पानी पिएर पिसाब गर्दा पिसाबबाट शरिरभित्रका धेरै फोहर बाहिर निस्कन्छ र तपाइ आनन्द महसुस गर्नुहुनेछ ।
दुःखाइबाट छुट्काराः धेरै मानिसहरु धेरै समय सुतेर पनि बिहान उठ्नासाथ टाउको दुखेको तथा भारी भएको महसुस गर्छन । हामी धेरैलाई यो थाहाछैन की, शरिरमा पानीको कमीका कारण पनि टाउको भारी भएको हो या दुखेःको हो भनेर । यस्तो समस्याले सताउने गरेको छ भने बिहान उठ्नासाथ खालीपेट प्रसस्त पानी पिउने बानी गर्नुहोस ।
रगतमा बृद्धि : विहान खाली पेटमा पानी पिउँदा तपाइको शरिरमा रगतमा बृद्धि हुन्छ । खास गरेर विहान खाली पेटमा पानी पिउँदा रेड ब्लड सेल्स छिटो छिटो बढ्छ । त्यसैले तपाइको शरिरमा रगतका कमीको समस्या बढेको छ भने बिहान उठ्नासाथ पानी पिउने बानी बसाल्नुस त्यसले तपाइलाई फाइदा गर्दछ ।
मोटोपनमा कमी : तपाइ मोटोपन घटाउन चाहानुहुन्छ भने बिहान उठ्नासाथ पिएको पानीले मोटोपन घटाउन सहयोग गर्छ । खाली पेटमा पानी पिउँदा शरिरमा रहेको खराब ट्रान्सफ्याट बाहिर निकाल्नुका साथै शरिरमा मोटाब्लिजम बढाउने काम गर्छ ।