सुनको मूल्यमा गीरावट

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो छापावाला सुनको मूल्य ९४ हजार २०० रुपैयाँ थियो ।

त्यसैगरी सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ३५० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 28 May, 2021

प्रतिक्रिया दिनुहोस्