बेलायत र फिनल्यान्डबाट आइपुग्यो स्वास्थ्य सामग्री

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारबाट स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ ।

त्यसैगरी बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले २६० थान भेन्टिलेटर तथा १९ हजार २०० आँखारक्षक उपकरण मन्त्री त्रिपाठीलाई हस्तान्तर गरेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालका लागि फिनल्यान्डका राजदूत पेर्ती आन्तिनेनले मन्त्री त्रिपाठीलाई तीन लाख ५० हजार एफएफ पी टू मास्क, एक लाख के एन ९५ मास्क, दुई लाख ३२ हजार ५०० जोर पञ्जा, ३० हजार सुरक्षा पोशाक, २४ लाख ९८ हजार फेसमास्क र तीन लाख ५० हजार फेससिल्ड प्रदान गरेको छ ।

 

प्रकाशित : 28 May, 2021

प्रतिक्रिया दिनुहोस्