बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, आर्थिक वर्ष २०७८ को फागुन महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.० प्रतिशतले वृद्धि भई ४१ खर्ब ६० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई ३८ खर्ब ४६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। शुक्रबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ ७८ को आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

२०७७ फागुन मसान्तसम्म ४८ हजार ८ सय ३१ ऋणीको कुल १ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत भएको छ। २०७७ फागुन मसान्तमा ८८ अर्ब ८६ करोड पुनरकर्जा लगानीमा रहेको मन्त्रालयलले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ। एजेन्सीको साथमा ।

 

प्रकाशित : 28 May, 2021

प्रतिक्रिया दिनुहोस्