आज ४ बजे अर्थमन्त्रीले बजेट सार्वजनिक गर्दै

सहयात्रा टिभी

काठमाडौँ । जेठ १५, आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्नेछन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।

बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।

संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित : 29 May, 2021

प्रतिक्रिया दिनुहोस्