चन्दा प्रोडक्सनको नवौँ वार्षिकोत्सव आज, दशौँ वर्षमा प्रवेश

काठमाडौँ । जेठ १६, नेपाली सञ्चार क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चन्दा प्रोडक्सनको आज नवौँ वार्षिकोत्सव । विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको चन्दा प्रोडक्सनले आज नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको हो ।
योसँगै चन्दा प्रोडक्सनको पहिलो उत्पादन कार्यक्रम ‘सहयात्रा’ ले पनि नौँ वर्ष पूरा गरेको छ । चन्दा प्रोडक्सनको विकास केन्द्रित, मौलिक र भिन्न प्रस्तुति टेलिभिजन कार्यक्रम ‘सहयात्रा’ नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ५ : ३० बजे र पुनः प्रसारण मंगलबार बिहान १० : ३० बजे प्रसारण हुँदै आएको छ ।
विशेषत चन्दा प्रोडक्सन मिडिया कम्पनीले सञ्चार क्षेत्रका बहुआयामिक पक्षहरुलाई समेट्दै आएको छ । र, टेलिभिजन कार्यक्रम सहयात्राले सामाजिक विकास, आर्थिक विकास नीतिको विश्लेषण सरकारी तथा गैरसरकारी निकायका सकारात्मक क्रियाकलापहरुलाई हातेमालो गर्दै विकासको पैरवी र बहस चलाउँदै आएको छ ।
चन्दा प्रोडक्सन एउटा व्यवसायीक मिडिया कम्पनीको रुपमा देखिएपनि यसले समाजका धेरै क्षेत्रहरुमा सञ्चारमाध्यममार्फत सूचनामूलक कार्यक्रम निर्माण गरी विद्युतीय र छापा माध्यममार्फत प्रकाशन तथा प्रशारण गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
यसका साथै रेडियो सम्वाद कार्यक्रमहरु, सामाजिक सन्देश मूलक सूचना र जिंगलहरु, वृत्तचित्र जस्ता श्रव्य र दृश्य कार्यक्रम र छापा माध्यमका प्रभावकारी विज्ञापन निर्माण र प्रचारप्रसार गर्दै आइरहेको छ ।
यसरी आम सञ्चार क्षेत्रका सबै माध्यमहरुमा काम गर्दै आइरहेको यस कम्पनीले अहिले अनलाइन न्यूज पोर्टल ‘सहयात्रा टिभी डटकम’ पनि सञ्चालन गर्दै आएको छ ।
पौरखी र प्रतिभाशाली नेपाली युवा महिला उद्यमी चन्दा घिमिरेले नेपाली मिडियाको माध्यमबाट देश विकास र निर्माणको महान यात्रामा योगदान पुर्याउने उद्देश्यका साथ आजभन्दा नौ वर्ष अगाडि चन्दा प्रोडक्सन स्थापना गरेकी हुन् ।
यस अवधिमा कार्यक्रम सहयात्राले पाँच सय भागको यात्रा सफलतापूर्व तय गरेको छ । तपाईं दर्शकसामू यो कुरा अवगत गराउन पाउँदा हामी अत्यन्तै हर्षित अनि उत्साहित भएका छौँ ।
चन्दा पोडक्सनले सुनौँला नौ वर्ष पूरा गरेको यस सुखद घडीमा हामी हाम्रा दर्शक, शुभचिन्तक, विज्ञापनदाता, देश विदेशमा रहेका सबै नेपाली प्रति कृतज्ञता व्यक्त गर्दछौँ ।
आगामी दिनमा तपाईंको सल्लाह, सुझाव अनुरुप सहयात्राको विषयगत विश्लेषण, प्राविधिक पक्ष र कार्यक्रमको स्वरुपमा समेत अझ बढी स्तरियताका साथ प्रस्तुत हुने प्रण गर्दछौँ । हाम्रो सहयात्रा निरन्तर जारी रहने छ ।