कुन क्षेत्रले कति कर छुट पाउनेः बजेट
सहयात्रा टिभी
काठमाडौं । जेठ १६, प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश छुटको कार्यक्रम बजेट मार्फत ल्याएका छन् ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश मार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ सार्वजनिक गर्दै दुई चरणमा चुनाव गर्ने घोषणा सरकारले १० प्रतिशतदेखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशतसम्म छुट दिने बजेट वक्तब्यमा उल्लेख गरीको छ ।
त्यस्तै, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशतसम्म छुट पाउने छन् भने वार्षिक ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशतको आयकर छुट गरिएको बजेट बक्तब्यमा उल्लेख रहेको छ ।
निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छूट दिने अर्थमन्त्री पौडेलले बताए ।
साझेदारी, सहलगानीलगायत सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क पूर्ण छूट दिने, मासिक २० युनिटसम्म बिजुली खपत गर्नेलाई शतप्रतिशत छूटको व्यबस्था गरिएको छ भने १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र त्यसभन्दा माथि ३० प्रतिशतसम्म छूट दिने अर्थमन्त्री पौडेलले जनाए ।
गुणस्तरीय खानेपानी सेवा सुनिश्�
