आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरु यस्ता छन्

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (आइतबार) १२.५४ अंकले बढेर दुई हजार आठ सय २७ दशमलब ९३ विन्दुमा पुगेकोे छ ।

आज १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।नेप्सेका अनुसार आज १७ अर्ब २ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् ।

त्यस्तै उच्च बृद्धि हुने कम्पनीहरुमा ज्याति विकास बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, गुडवील फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड र ओरियन्टर होटल रहेका छन् ।

त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, समृद्धि फाइनान्स कम्पनी, युनियन हाइड्रोपावर, साग्रीला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । एजेन्सीहरुको साथमा ।

प्रकाशित : 30 May, 2021

प्रतिक्रिया दिनुहोस्