तोलामा कतिले बढ्यो त सुनको मूल्य ?

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो भने सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।

त्यस्तै महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रहेको छ ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७० पुगेको महासंघले बताएको छ ।

प्रकाशित : 1 June, 2021

प्रतिक्रिया दिनुहोस्