आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर नेपाली ११५ रुपैयाँ ८८ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

यूरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा रहेको र विक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ भने पाउण्डस्ट्रलिङ एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र विक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७३ पैसा र विक्रीदर १२९ रुपैयाँ ३९ पैसा रहेको छ भने जापानी यन १० को खरिददर १० रुपैयाँ ५६ पैसा रहेको र विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ ।

साउदी अरविया रियाल आज एकको खरिददर ३० रुपैयाँ ९० पैसा र विक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र विक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा:

 

प्रकाशित : 1 June, 2021

प्रतिक्रिया दिनुहोस्