सपना रोका मगरलाई खाना खुवाउँदा बाटोमा भयो हातपात (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ १८, राजधानी शहरमा अवस्थित पशुपति आर्यघाटमा बेबारिसे लासहरुको अन्तिम संस्कार गर्दै आएकी १८ वर्ष मात्र पुगेकी सपना रोका मगरलाई बीबीसीद्वारा यस वर्षको सय प्रेरणादायी महिलाका रुपमा शूचिकृत गरिएको छ ।

उनी भन्छिन् “यस संसारमा हजारौँ मानिस घरबिहिन छन, उनीहरुको घर भने पनि महल भनेपनि यस सडक नै हो । तसर्थ उनीहरुले राम्रो सँग अन्तिम संकार पाउनु पर्छ । यसकारण म यो काम सामाजिक सेवाका लागि भन्दा पनि आफ्नै मन शान्तिको लागि गर्छु । ”

आफू विरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका थिए। उनले फागुन २ गते विनय जङ्ग विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँ जाहेरी दिएकी थिइन्।

लकडाउन अगावै सपना फेरि आफ्नो पहिलेकै अवस्थामा फर्किएकि थिइन । बिहान कलेज जान्छिन् र दिउँसो भने लाशलाई दागबत्ती दिन्छिन् ।पछिल्लो पाचदिनमा आफुले १० जनालाई दागबत्ती दिसकेको समेत बताएकि थिइन् ।

अहिले तिनै सपना दिन दुखि पिडित र भोकालाई खाना खुवाउन भन्दै सडकसम्म आएकि छिन् । उनले हाम्रो टिम नेपालको स–परिवार सहित नायक पल शाहको खुलेरै प्रशंसा गरेकि छिन् ।आफ्नो कामको आलोचना धेरै ले गर्ने गरेको र जस्ले आफुलाई माथि पुर्यायो उसैले तल फ्यालिदियो भन्दै उनी भावुक पनि भइन । एजेन्सीहरुको सहयोगमा ।

हेर्नुहोस भिडियो :

प्रकाशित : 1 June, 2021

प्रतिक्रिया दिनुहोस्