भोजबाट घर फर्कने क्रममा एक युवकको हत्या

रुपन्देही । जेठ २३, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडानम्बर ४, मनौरा टोलका ३५ वर्षीय महेन्द्र यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
उनी गएराति ११ बजेसम्म छिमेकीको विवाह भोजमा रहेको खुलेको छ । हत्या कसले र किन गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार यादव गएराति ११ बजेसम्म छिमेकमा एक विवाह भोजमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतक यादवका आमा, बुबा, श्रीमती, दुई छोरा र एक छोरी छन् ।