अनलाईन चित्रकला प्रतियोगिता सम्पन्न:

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, दाङमा सामाजिक सेवाको क्षेत्रमा कार्यरत रहेको संस्था रोट्रयाक क्लव अफ दाङको आयोजनामा संचालन गरिएको खुल्ला अनलाईन चित्रकला प्रतियोगिता गत जेठ २२ गते सम्पन्न भएको छ ।

गत जेठ ०८ गते देखी सहभागि हुन पाउँने गरि नेपाल अधिराज्यभर बाट कक्षा १ देखी कक्षा ५ सम्मका र कक्षा ६ देखी कक्षा १० सम्मका गरि दुई समुहका छात्र छात्राहरूले सहभागिता जनाउँन पाउँने उक्त प्रतियोगितामा नेपाल अधिराज्यभर बाट कक्षा १ देखी ५ सम्मका १४ जना छात्रछात्रा हरूले र कक्षा ६ देखी कक्षा १० सम्मका १० जना छात्रछात्राहरूले सहभागिता जनाएका थिए ।

जुन प्रतियोगितामा छात्रछात्राहरूले सहभागिता जनाउँन पाउँने नियम हरूमा रोट्रयाक क्लव दाङको फेसबुक पेज लाईक गरेको हुनुपर्ने, प्रतियोगिताको सुचना सेयर गरेको हुनुपर्ने, सहभागिले चित्र बनाईरहेको भिडियो क्लिप पठाउँनु पर्ने, आफुले बनाएको चित्र लिएर खिचेको फोटो पठाउँनु पर्ने जस्ता कुराहरूको प्राबधान राखी आयोजना गरिएको उक्त प्रतियोगितामा उक्त प्रतियोगितामा सहभागिहरूको उक्त चित्रलाई आयोजकले फेसबुकमा राखे पश्चात सहभागीको चित्रले लाईक मार्फत १० अंक, चित्रकलाले ३० अंक, क्यापसको १० अंक र सेयर गरेको १५ अंक प्राप्त गर्नु पर्ने थियो ।

यस्तै सो प्रतियोगितामा सहभागि भएका मध्ये बाट दुबै समुहका १/१ जनालाई आयोजकको तर्फबाट आकर्षक पुरस्कारका साथै ई-सर्टिफिकेट समेत प्रदान गरिने कुराको जानकारी गराईएको थियो ।

सो कार्यक्रमको नतिजा गत जेठ २२ गते प्रकासित गर्ने निर्णय भए अनुरूप सो प्रतियोगितामा कक्षा १ देखी कक्षा ५ सम्मको सहभागीहरू मध्येबाट दाङ जिल्लाको घोराहीमा अबस्थित ज्योती पुञ्ज स्कुलकी छात्रा ओजश्वि पौडेलले उत्कृष्ठ पुरस्कार प्राप्त गरेकी थिईन भने कक्षा ६ देखी कक्षा १० सम्मको समुहको तर्फबाट काठमाडौ जिल्लाको चाबहिल चुच्चेपाटीमा अबस्थित ईलाईट ग्र्याण्ड स्कुलको कक्षा ६ (अब ७ मा पढ्ने) की छात्रा समिहा नेपालले उत्कृष्ठ पुरस्कार प्राप्त गरेकी थिईन ।

त्यस्तै उक्त प्रतियोगितामा दुबै समुहमा कक्षा १ देखी ५ सम्म का १४ जना छात्रछात्रा तथा कक्षा ६ देखी कक्षा १० सम्मका १० गरि जम्मा २४ छात्रछात्राहरूले सहभागिता जनाएर आफुलाई मनपरेको बिषयबस्तुमा आधारित रहि चित्रहरू तयार गरेका थिए भने उक्त चित्रकलाको नतिजा पनी फेसबुकबाट नै जानकारी गराईएको थियो ।

 

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्