सोच्नै नसकिने गरी सुनको भाउ घट्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ २४, आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आइतबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सयले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने हिजो ९३ हजार ६ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्रि भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भएको छ । महासंघको अनुसार आइतबार १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्