राउटे युवतीमाथि दुर्व्यवहार भएपछि राउटे बस्ती सिल

सहयात्रा टिभी

सुर्खेत । जेठ २४, राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि जिल्ला प्रशासन कार्यालयल सुर्खेतले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ ।

राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाईएको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए ।

केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो । सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग भएको छ । एजेन्सीको साथमा ।

 

 

 

प्रकाशित : 7 June, 2021

प्रतिक्रिया दिनुहोस्