बौद्धको नयाँ बस्तीमा बोरामा शव फेला

काठमाडौं । जेठ २५, काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा पोको बनाएर फालेको अवस्थामा शव भेटिएको छ ।
खबर पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।
हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले जनाए । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने एसपी बस्नेतले जानकारी दिएका छन् ।