रिडी हाइड्रोपावरको शेयर खरिद चाप उच्च, विक्रीकर्ता भने शून्य

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, मंगलवार रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयर खरिदचाप उच्च रहेको छ ।

कारोबारको १० मिनेटको अवधिसम्म रिडी हाइड्रोपावरको ३ लाख ४६ हजार ९३० कित्ता शेयर खरिद माग रहेको छ ।

त्यस्तै १८१ ओटा अर्डरबाट उक्त कित्ता शेयर खरिद माग भएको हो । यस अवधिसम्म कम्पनीको शेयर विक्री कर्ता भने देखिएका छैनन् । उच्च खरिद चापका कारण कम्पनीको शेयरमूल्य ९ दशमलव ८५ प्रतिशत बढेर रू ५२४ पुगेको छ ।

 

 

 

प्रकाशित : 8 June, 2021

प्रतिक्रिया दिनुहोस्