आज खण्डग्रास सूर्य ग्रहण लाग्दै, नेपालमा भने बार्नु नपर्ने

काठमाडौं । जेठ २७, आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण नेपालमा कुनै असर नहुने पञ्चांग निर्णायक समितिले बताएको छ ।
आजको सूर्य ग्रहण उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने छ भने समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नु पर्दैन ।
नेपाली समय अनुसार आज विहिबार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्मा सूर्यग्रहण लाग्ने छ ।
ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । जसलाई पश्चिमाहरुले रिङ अफ फायर भन्ने गर्छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ ।