ब्राउन सुगरसहित चार जना पक्राउ

सहयात्रा टिभी

सुर्खेत । जेठ २८, जिल्ला प्रहरी कार्यालय सुर्खेतले भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा बिहीबार दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी ३०/३० वर्षीय भरत थापा र मनोज विक, १८ वर्षीय एनआर राना र सिम्ता गाउँपालिका–१ सुर्खेत निवासी कोमल राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । पक्राउ परेका चार जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 11 June, 2021

प्रतिक्रिया दिनुहोस्