कोरोना संक्रमणबाट बाँकेमा थप चार जनाको मृत्यु
सहयात्रा टिभी
बाँके । जेठ २८, कोरोना संक्रमणबाट बाँकेमा थप चारजनाको मृत्यु भएको छ ।

त्यस्तै दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ ७ बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको छ ।
त्यस्तैगरी बाँकेको खजुरा गाउँपालिका–३ का ८० वर्षीय पुरुषको बिहीबार राति साढे १० बजे र दैलेखको भैरवी गाउँपालिका–७ का ६९ वर्षीय पुरुषको शुक्रबार बिहान १०ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।


