मन्त्री नेम्वाङद्धारा जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न निर्देशन

काठमाडौं । जेठ ३१, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् ।
नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताए ।
‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरीसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ,’ उनले भने, ‘कोभिड महामारीले बाधा पुर्याएको छ । लकडाउन खुल्नेबित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ ।’
‘नदीनालामा साना वोटहरु हाम्रा नदीनालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदरुकताका साथ ध्यान दिन अनुरोध गर्न चाहान्छु’ उनले भने ।
खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौँ । खुवालुङको संरक्षण गर्दै त्यसलाई नचलाइकन गर्दैछौँ,’ उनले भने, ‘त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर हामीले गर्न खोजेको होइन् ।’
त्यसैगरी यातायात व्यवस्था विभागले पनि हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै स्मार्ट कार्ड प्रिन्ट, ठेक्का सम्झौता, भाडा समायोजन लगायतको विषयमा परिणाम देखिनेगरी काम गर्न पनि उनले आग्रह गरेको बताईएको छ । एजेन्सी