कोरोनाको खोप लगाएपछि शरीर चुम्बकीय बन्दैन

काठमाडौं । जेठ ३१, कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ भन्ने विभिन्न हल्लाहरु चलिरहेका छन् ।
भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेपछि यसबारे चर्चा परिचर्चा भएको हो ।
अरविन्द सोनार नामका ती व्यक्तिले आफूले कोरोनाको दुवै डोज लगाइसकेको बताएका छन् । उनले भिडियो नै बनाएर सोसल मिडियामा राखेपछि सो भिडियो भाइरल भएको छ । भिडियोमा शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँसिएको देख्न सकिन्छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।