मनाङको चामेमा बाढीः ६ घर बगायो साथै प्रहरी कार्यालय समेत डुबानमा

मनाङ । असार १, मनाङमा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ ।

त्यस्तै डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको जनाए ।
लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको डीएसपी खड्काले बताए ।
-एजेन्सी