रोल्पामा पहिरोले तीन जनाको ज्यान लग्यो

रोल्पा । असार ९, रोल्पा नगरपालिका होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा करती बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले बताएको छ । राति सुतेका ६ जना मध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने एक जना घाइते भएका छन् ।