आफ्नो हातमा भएको चक्र वा शंख हेरेर भाग्य थाहा पाउनूस्

काठमाडौं । असार १०, हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । शास्त्रअनुसार जुन व्यक्तिको हातको औला जौ जस्तो हुन्छ त्यस्ता व्यक्ति निकै धनी हुन्छन् ।
त्यस्तै हातमा शंख हुनु निकै उत्तम मानिन्छ । जुन व्यक्तिहरुको चारवटा औलामा शंख चिन्ह छ, ति व्यक्तिहरु उच्च पदमा पुग्ने र राजकीय सम्मान प्राप्त गर्ने हुन्छन् । ५ वटै औलामा शंख भएकाहरु विदेश यात्रामा निस्कन्छन् भने ६ औलामा शंख भएकाहरु धार्मिक र दश ओटै औंलामा भएकाहरु माहात्मा हुने विश्वास रहेको छ ।
८ वटा औलामा शंख भएकाहरु भने सुखी र धनी हुन्छन् ।हातमा चक्र हुनेहरुलाई पनि भाग्यमानी मानिन्छ । १० वोटै औलामा चक्र भएकाहरुले संसार जित्ने शास्त्रमा उल्लेख छ । एउटा मात्र चक्र भएको मान्छे बुद्धिमान हुन्छ भने दुइवटा भएको व्यक्ति सुन्दर हुन्छ ।
एक चक्र भएमा– जातक वीर, सुखीजिवन बिताउनुका साथै चतुर हुन्छ ।
दुई चक्र–अति सुन्दर र सम्मानित व्यक्ति बन्छ
तीन चक्र भएमा–धनी, विलासी हुन्छ ।
चार चक्र छ भने–धनहीनता, दुरदर्शिता हुन्छ ।
पाँच चक्र भएमा–सुखको उपभोग र ज्ञानी हुन्छ ।
छ चक्र–काम भावनामा तृप्ति वा सन्तुष्टि, दक्ष हुन्छ ।
सात चक्र–सदाचारी लेक, वनजंगल र पहाडी क्षेत्रमा घुम्न मन पराउनेवाला ।
आठ चक्र–विमार, कस्ट
नौ चक्र–सौभाग्यशाली हुन्छ ।
दश चक्र–आत्मज्ञानी र महावली प्रभु हुन्छन् ।