पिकअप र मोटरसाइकल दुर्घटनामा परि तीन जनाको मृत्यु

सुनसरी । असार १३, आइतबार बिहान कोशी गाउँपालिका–८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायस पिकअप र मोटरसाइकल दुर्घटनामा परि सुनसरीको कोशी गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता रहेका छन् ।
हायस चालक नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय विवश तामाङ र हायसका सहचालक २५ वर्षीय नारायण बत्स्याल भने घाइते छन् ।