गैंडा तस्कर गर्ने एक व्यक्ति पक्राउ

चितवन । असार १४, चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्ति पक्राउ परेका छ ।
त्यस्तै गैडाको ४ वटै चोरी शिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैडाकोट नगरपालिका वार्ड ३ बस्ने बर्ष ३० का राजमान मगर भन्ने राजमान थापा मगर कानूनी दायरामा आएका हुन् ।
उनी संगै चालु आव २०७७/७८ हालसम्म २७ जना गैडा तस्करहरु कानुनी कारबाहीको दायरामा आएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।
थापा विरुद्ध गैडा मारेर खाग बिक्रि गरेको आरोपमा जिल्ला अदालत नवलपरासीमा २ र जिल्ला अदालत चितवनमा १ वटा मुद्दा दायर रहेको निकुञ्जले छ ।