काठमाडौं उपत्यकामा हालसम्म २ हजार ७६९ संक्रमितको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार १४, काठमाडौं उपत्यकामा हालसम्म २ लाख ६२ हजार ८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिकात्मक तस्वीर

जसमध्ये २ लाख ५१ हजार ५२७ जना संक्रमित कोरोना मुक्त भईसकेका छन् ।

त्यस्तै काठमाडौंमा २ लाख ३ हजार ४९७, भक्तपुरमा २२ हजार ८२ र ललितपुरमा ३७ हजार २२५ जना व्यक्ति संक्रमित भएका छन्।

काठमाडौँंमा हालसम्म १ लाख ९७ हजार २३८, भक्तपुरमा १९ हजार ९८८ र ३४ हजार ३०१ जना व्यक्ति संक्रमित निको भएका छन्।

हालसम्म काठमाडौं उपत्यकामा २ हजार ७६९ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये १ हजार ८६८ काठमाडौंमा, ३६२ भक्तपुरमा र ५३९ जना ललितपुरमा कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म देशभर ६ लाख ३३ हजार ६७९ व्यक्ति संक्रमित भइसकेका छन् भने ५ लाख ८४ हजार ३३४ जना संक्रमित निको भइसकेका छन्। हालसम्म नेपालमा संक्रमणका कारण ९हजार ९ जना संक्रमितको मृत्यु भइसकेको छ।

 

प्रकाशित : 28 June, 2021

प्रतिक्रिया दिनुहोस्