मनसुनी वर्षा भएसँगै जनकपुर डुबानमा

काठमाडौं । असार १४, आज जनकपुरकमा करिब डेढ घण्टासम्म परीरहेको अविरल वर्षाले घरहरु डुबानमा परेका छन् ।
अविरल वर्षाका कारण सोमबार जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाका घरहरूमा पानी पसेका छन् भने सडकहरूमा समेत पानी जमेको छ । ·
जनकपुरधाम उपमहानगरपालिकाका मुख्य चोकहरु रामानन्दचोक, भानू चोक, पिडारी चोक, राम चोक, पिडरियामाईस्थान लगायतका स्थानहरूमा समेत पानी पसेको छ ।
कमसल र मापदण्ड अनुसार सडक, ढल तथा नाला निर्माण नहुँदा सडकमा पानी जमेर घर भित्रसम्म जलमग्न हुनुको दोषी वडा कार्यालय र जनकपुरधाम उपमहानगरपालिका र जनप्रतिनिधिहरूको कमिसन खाने बानीको कारण यस्तो समस्या उत्पन्न भएको आरोप युवा अभियन्ता सुशील कर्णले लगाएका छन् । एजेन्सी