असार मसान्त भित्रै डिम्याट खाता नवीकरण गर्नुपर्ने

सहयात्रा टिभी

काठमाडौं । असार १५, सेयर निष्कासन तथा बिक्री प्रबन्धकहरूले आफ्ना ग्राहकलाई यही असार मसान्तभित्रै आफ्नो हितग्राही (डिम्याट) खाता र मेरो सेयर सेवा लिएको एक वर्षभित्र सेवाबापतको शुल्क नवीकरण गर्न सूचना जारी गरेका छन् ।

 

ग्राहकले जुन कम्पनीबाट डिम्याट जारी भएको छ सोही कम्पनीमा गएर वा कम्पनीले तोकेका बैङ्क र तीनका शाखामार्फत सेवा शुल्क नवीकरण गर्नसक्ने छन् ।

डिम्याट खाता नवीकरण शुल्क एक सय रुपियाँ भुक्तानीको लागी आईएमई पे, ई–सेवा, कनेक्ट आईपीएस वा ई–बैङ्किङ सेवामार्फत गर्न सकिने जनाएका छन् ।

नवीकरण नभका हितग्राहीको खाता फ्रिज गरिने कम्पनीहरूले जारी गरेका सूचनामा उल्लेख छ ।

प्रकाशित : 29 June, 2021

प्रतिक्रिया दिनुहोस्