सुन तथा चाँदीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । असार १५, नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

 

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य तोलामा ९० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रूपैयाँमा कारोबार भएकोमा आज १ सयले घटेको छ ।

त्यस्तै आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रूपैयाँ रहेको छ ।

यता, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय रूपैयाँ रहेको महासंघले जनाएको छ ।

 

प्रकाशित : 29 June, 2021

प्रतिक्रिया दिनुहोस्