गाडीको ठक्करले पैदल यात्रीको मृत्यु

सहयात्रा टिभी

चितवन । असार १६, गाडीको ठक्करबाट चितवनको भरतपुरमा भरतपुर–१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय बसन्तबहादुर लिम्बुको मृत्यु भएको छ।

विराटनगरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४९२३ नम्बरको गाडीले भरतपुर–१० स्थित बाइपास रोडमा पैदल यात्रीलाई बुधबार बिहान ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई भरतपुर अस्पताल पुर्‍याइएको र उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ।

दुर्घटनापछि फरार रहेका चालकलाई केही समयपछि केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।

प्रकाशित : 30 June, 2021

प्रतिक्रिया दिनुहोस्