तातोपानी नाका दुई सातादेखि अवरुद्ध, स्वास्थ्य सामग्री ल्याउन समस्या

सहयात्रा टिभी

काठमाडौं । असार १६, गत असार २ गतेदेखि आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझैसम्म पनि सञ्चालनमा नआएको बताईएको छ ।

सडक अवरुद्ध हुँदा नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका थुप्रै व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् ।

त्यस्तै सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपाल सडकलाई तलबाट भोटेकोसीले भस्काउने र माथिबाट पहिरो खस्ने समस्याले सताएको बताउँछन् ।

प्रकाशित : 30 June, 2021

प्रतिक्रिया दिनुहोस्