जुलाइमा कुन–कुन देशमा उडान हुँने ? हेर्नुहोस् (सूची सहित)

सहयात्रा टिभी

काठमाडौं । असार १६, नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ ।

सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको हो।

नेपालका कम्पनी नजाने गन्तब्य (कोरिया, टर्की, कुवेत र ओमान) मा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ । अर्को नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ ।

तालिका :

 

 

 

 

 

 

 

प्रकाशित : 30 June, 2021

प्रतिक्रिया दिनुहोस्