म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

सहयात्रा टिभी

म्याग्दी । असार १७, म्याग्दीको मङ्गला गाउँपालिका–२ मिठौलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको छ ।

मृत्यु हुनेमा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विक रहेका छन् ।

उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। छ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

प्रकाशित : 1 July, 2021

प्रतिक्रिया दिनुहोस्