मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुल्यो, के तपाईले भर्नुभयो त ?

सहयात्रा टिभी

काठमाडौं । असार १७, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज (बिहीवार) देखि खुलेको छ ।

कम्पनीले रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुला गरेको हो ।

कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो आईपीओ विक्रीका लागि कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू ८ करोड २२ लाख ५० हजार रहेको छ । संस्थापक तर्फ ६७ दशमलव ८९ प्रतिशत चुक्तापूँजी कायम रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ११ प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू १२ करोड ११ लाख ५० हजार कायम हुनेछ ।

गत आर्थिक वर्ष ०७६/७७ सम्ममा रू २ करोड ९६ लाख ७६ हजार खुद नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी रू ६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू ११० दशमलव ८४ रहेको छ ।

 

प्रकाशित : 1 July, 2021

प्रतिक्रिया दिनुहोस्