सुन तथा चाँदीको मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार १७, आज(बिहीबार) नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ ।

गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य समेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३१० रुपैयाँ पुगेको छ ।

 

 

प्रकाशित : 1 July, 2021

प्रतिक्रिया दिनुहोस्