पहिरोले चेपाङका चार घर बगाएपछि…

चितवन । असार १७, लगातार परेको अबिरल वर्षाका कारण पहिरोले जिल्लाको पहाडी भेगमा बसोबास गर्ने चेपाङका चार घर बगाएको छ।
घर बगाउनेमा राप्ती नगरपालिका–१२ वाक्राङका तीन घर र कालिका नगरपालिका–१० सिद्धिको एक घर रहेको छ ।
विकट बस्ती भएकाले तत्काल त्यस स्थानमा पुगेर उद्धार गर्ने सम्भावना नरहेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन्।
त्यसैगरी, कालिका नगरपालिका–१० सिद्धिस्थितछेरबाङमा मंगलीमाया चेपाङको घर पहिरोले बगाएको छ। घर बगाउँदा ४ वर्षीय बालक घाइते भएको चेपाङको उद्धार तथा संरक्षणमा क्रियाशिल केपी किरण शर्माले बताए।