कुमारी बैंकका कार्ड होल्डरलाई आँखा उपचार सेवामा छुट

सहयात्रा टिभी

काठमाडौं । असार १७, कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी उपचार गर्दै आएको दृष्टि दी भिजन आइ सेन्टरबीच उपचार सेवामा विशेष छुट दिनेबारे सम्झौता भएको छ ।

सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र दृष्टि दी भिजन आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

 

 

प्रकाशित : 1 July, 2021

प्रतिक्रिया दिनुहोस्