‘हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने नाराका साथ ‘व्यासमा समता विद्यालय’ सञ्चालन

तनहुँ । असार २१, अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता तथा कोरोना संत्रमणबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी व्यास नगरपालिकाले ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ ।
त्यस्तै नगरपालिकाको ३५ औँ नगरसभाबाट आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगरपालिकाले बताएको छ ।
नगरपालिकाभित्र रहेका नाजुक परिवारका बालबालिकामा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले समता विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
त्यसैगरी व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधार योजना कार्यान्वयन गरिनेछ । ‘हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने नाराका साथ नगरपालिकाभित्रका विभिन्न विधामा नगर क्षेत्रभित्रका विद्यार्थीबीच प्रतिस्पर्धा गराई नगरस्तरीय उत्कृष्ट प्रतिभा छनोट गरी पुरस्कृत गरिनेछ ।